अख्तियारले थाल्यो साझामाथि छानबिन

साउन २७, २०७४ मा प्रकाशित | 1180 views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारे छानबिन सुरु गरेको छ। आयोगबाट बुधबार खटिएको टोलीले साझाको आर्थिक र उत्पादन कारोबारसम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

आयोगमा साझाका कर्मचारीले २५ गते भ्रष्टाचार छानबिन र कारबाहीको मागसहित उजुरी दर्ता गरेका थिए। साझाका बारेमा शिक्षा मन्त्रालय र सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेका छन्।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले करोडौं रकम भ्रष्टाचार गरेको उजुरीका आधारमा फाइल नियन्त्रणमा लिएको बताए।

उनका अनुसार महाप्रबन्धक शर्माविरुद्ध संस्था प्रवेश नै साझा प्रकाशन कर्मचारी प्रशासन नियमावलीविपरीत भएको लगायत ११ बुँदे उजुरी दर्ता भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web