आरोही वाङको ‘साइलेन्स अफ द समिट’ सार्वजनिक

जेष्ठ १८, २०७३ मा प्रकाशित | 824 views

१८ जेठ, काठमाडौं ।

नेपालको साहसिक पर्यटन 'पर्वतारोहण' बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ विख्यात आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ ।

सर्वोच्च शिखर सगरमाथाको तीनपटक सफल आरोहण गरेकी लेखिका वाङको पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण  भोगाइबारे उजागर गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही वाङ्को उक्त पुस्तकको प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत पुग्ने बताउनुभयो ।

नेपालका लागि चिनीयाँ राजदूत वु छुन्ताईले चीन र नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आरोही वाङको पुस्तक सान्दर्भिक हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web