<p style="color: rgb(51, 51, 51); font-family: sans-serif; font-size: 16px; text-align: justify;">काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी हुन् ।</p><p style="color: rgb(51, 51, 51); font-family: sans-serif; font-size: 16px; text-align: justify;">भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको बताइएको छ ।बिमस्टेक बैठकमा सहभागी हुने स्वराज बिहीबार मध्यान्ह मात्र काठमाडौं आइपुगेकी थिइन् ।</p><p style="color: rgb(51, 51, 51); font-family: sans-serif; font-size: 16px; text-align: justify;">बिमस्टेक बैठकको साँझ सुरू भएको छ । विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।</p>
19.52¡ÆC