जिसस डडेल्धुराका पदाधिकारीद्धारा पदभार ग्रहण

साउन २६, २०७४ मा प्रकाशित | 701 views

डडेल्धुरा । जिल्ला समन्वय समिती डडेल्धुराका पदाधिकारीहरुले बिहीबार पदभार ग्रहरण गरेको छन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश देव कुमार गिरीले सपथ ग्रहण गराए पछि उनीहरूले पदभार ग्रहण गरेका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा गणेशराज भट्ट, उप प्रमुखमा रत्ना देवी कामी, महिला सदस्यमा जानकी देवी दमाई, ईश्वरी देवी रावल, लक्ष्मी देवी ऐर, दलित सदस्यमा प्रेम बहादुर सार्की, सदस्यमा पुष्पराज पन्त, रामचन्द्र अवस्थी र हिमराज अवस्थीले पदभार ग्रहण गरेका हुन् ।

जिल्ला समन्वय समिति नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकाहरु निर्विरोध चयन भएका थिए । पदभार ग्रहण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख भट्टले आफुलाई निवाचिर्त गर्ने सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पहिलो पटक आफु जननिवार्चीत प्रनिधिनी हुन पाएकाले मैले गर्नु पर्ने सबै क्रियाकलापमा पछि नहटनेमा जोड दिए । प्रमुख भट्टले नेपालको संबिधान अनुसार आफु जनप्रतिनीधी भएकाले संबिधान तथा ऐन कानुनलाई टिकेर अगाडी बढने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web