रौतहट। रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।

गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता, ९ वर्षीया सुनैना, ९ वर्षीया सुस्मिता छन् ।

उनीहरु एकै परिवारका दाजुभाइका छोरी हुन् । सुनैना जोगेन्ऽ शाहकी छोरी हुन् भने संगिता र सुनिता रामएकवाल र सुस्मिता प्रेमनारायणकी छोरी हुन् ।

घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डकोे खाल्डामा पुगेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिए ।

21.55¡ÆC