<h5 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">डोटी । डोटीमा शुक्रबार राती भएको जिप दुर्घटनामा घाईते भएकाहरुलाई अझै अस्पताल पुर्याउन सकिएको छैन् । घटनास्थलबाट हिडाएको सात घण्टा वितिसक्दा पनि अस्पताल पुर्याइएको छैन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">घटनास्थलबाट राती करिब १ बजेतिर हिडेको जिप केही दुरी पार नगर्दै सडकमाथिबाट आएको पहिरोका कारण अघि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका नायब प्रहरी उपरिक्षक शिब बहादुर सिंहले जानकारी दिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">त्यसपछि दिपायलबाट बिहान अर्को जिप पठाएर ल्याउन लागिएको उनले बताए । घाईतेहरु दिपायल पुग्न अझ ३ घण्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान छ । जसले गम्भीर घाईतेहरुको अवस्था जोखिममा रहेको उनले बताए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यात्रु बोकेको जिप दुर्घटना हुँदा चालक सहित ९ जनाको मृत्य भएको हो । सात जना गम्भीर घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">मृत्यु हुँनेमा एकजना महिला र ८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकहरुमध्ये सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">२८ वर्षीय मृतक चालक बिष्णु नेगी भने शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">दुर्घटनामा परी बोगटान गाउँपालिका-१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर र ३० वर्षीय चन्द्रबहादुर घर्तीमगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यस्तै गम्भिीर घाइतेहुनेहरुमा वोगटान गाउँपालिकाका दल वहादुर पुन मगर, हर्क बहादुर पुन मगर, विर बहादुर पुन घर्तीमगर र प्रकास घर्तीमगर रहेका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सोहि ठाउँका नर वहादुर पुनमगर ईन्द्र बहादुर पुनमगर र दिपक घर्तीमगरको सामान्य घाईते रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाईतेहरुको उमेर खुल्न सकेको छैन ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">उनीहरुलाई उपचारका लागि दिपायल स्थित सुजंग अस्पतालतर्फ लगिएको छ । दिपायल आईपुग्न ५ घण्टाभन्दा बढी समय लाग्ने भएकाले अझै उनीहरुको अबस्था चिन्ताजनक रहेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">जिप सडकबाट करिब चार सय मिटर तल खसेको छ । बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
15.18¡ÆC