थाइल्यान्ड जाँदै पूर्वराजा, निर्मल निवासमा पारस एक्लै

साउन १८, २०७४ मा प्रकाशित | 972 views

<p>काठमाडौं,साउन १८ । पूर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाइल्यान्ड जाने भएका छन् । मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचार गराएर डिस्चार्ज भएका उनी परिवारसहित थाइल्यान्ड जान लागेका हुन् । यही साउन ४ गते उनी मुटुको उपचार गराउन नर्भिक अस्पताल पुगेका थिए । </p><p>उनी थाई एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्यान्ड जान लागेका हुन् । उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागर तिमिल्सिना तथा केही सहयोगीहरुसँगै जाने भएका छन् । उनी नातिनातिनालाई घुमाउन थाइल्यान्ड जान लागेका हुन् । पूर्वयुवराज्ञी हिमानी समेत उतै छिन् । सबै जना थाइल्यान्ड लागेपछि पारस निर्मल निवासमा एक्लै हुने भएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web