मस्नास्लु पर्यटकीय पदमार्गमा पर्यटकको आकर्षण बढ्दो

साउन १७, २०७४ मा प्रकाशित | 910 views

गोरखा ।

सडक पहुँच नपुगेको गोरखाको मनास्लु पर्यटकीय पदमार्गमा बिदेशी पर्यटकको आकर्षण देखिएको छ । ‘गोरखा भूकम्प’ पछि केही सुस्ताएको मनास्लुको पर्यटन पुनः पहिलेकै अवस्थामा फर्किएको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० को कार्यालयले जनाएको छ ।

अन्नपूर्ण पदमार्गलगायत क्षेत्रमा सडक सुविधा पुगेपछि पर्यटकहरु मनास्लु क्षेत्रमा आकर्षित भएका हुन् । पछिल्लो समय पर्यटकको रोजाइमा मनास्लु पदमार्ग परेको छ । आरुघाटबाट सोति, लापुबेशी, माछाखोला, सिर्दिवास हुँदै मनास्लु पदमार्ग अघि बढ्छ । सिर्दिवास पुगेपछि चुमभ्याली 'छेकम्पार' र नुब्रीभ्याली 'सामागाउँ' जान सकिन्छ ।

प्रायःगरी पर्यटकहरु दुवै भ्याली घुमेर लार्के ९५१०० मी।० पास गरी मनाङ हुँदै लम्जुङको बेशीसहर झरेर आफ्नो गन्तब्यतिर लाग्ने गर्छन् । एमक्यापले बिदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरेको छ । स्वदेशी पर्यटकहरु पनि मनास्लु क्षेत्र भ्रमणका लागि उत्तिकै संख्यामा आउने गरेका छन् । एमक्यापका अनुसार आ।ब। ०७३ मा पाँच हजार ७४५ जना बिदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए ।

यस्तै आ।ब। ०७३/०७४ मा एक करोड राजस्व संकलन भएको एमक्याप गोरखास्थित प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो । मनास्लु भ्रमणका लागि सार्क राष्टका पर्यटकले प्रतिब्यक्ति दुई सय र अरु देशका पर्यटकले प्रतिब्यक्ति दुई हजार रुपैंया तिर्नुपर्ने हुन्छ । सोही रकम राजश्व संकलन भएको हो ।

भूकम्पले भत्काएका पदमार्ग एमक्याप, बिभिन्न संघसंस्था र खच्चड ब्यबसायीहरुले पुनर्निर्माण गरिसकेका छन् । पदमार्ग क्षेत्रमा पर्यटक बढेसंगै ठाउँ–ठाउँमा ठूला लगानीमा होटल संचालनमा आएको छ भने स्थानीयबासीको जीवनस्तर पनि बढेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web