सिआईबिले मृत भेटिएका तीन बालबालिकाको अनुसन्धान महिनादिनपछि थाल्यो

साउन १४, २०७४ मा प्रकाशित | 895 views

भोजपुर ।

भोजपुर सदरमुकाम देखि पूर्वमा रहेको अरुण गाउँपालिका–३ प्याउलीमा ३ बालबालिकाको हत्या भएको एक महिनापछि अनुसन्धान शुरु भएको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी' ले हत्याको अनुसन्धान शुरु गरेको हो । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

हत्या लगतै क्षेत्रिय प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको भने पनि लामो समय सम्म हत्यारा पत्ता लगाउन नसकेपछि केन्द्रीय अनुसन्धान टोलीले अनुसन्धान थालेको हो ।

घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय स्तररमा संघर्ष समिति गठन गरेर विरोध तथा बन्द कार्यक्रम गरिरहेका छन् ।

गत असार १२ मा बिहान स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा र स्थानीय चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए ।

उनीहरू घर नजिकैको म¥याङ डाँडामा रहेको स्थानीय तोरण कार्कीको माछा पोखरीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरू गत असार १० देखि हराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web