काठमाडौं ।

एसियन कम छनौट फुटवलको तयारीमा सहयोग पुग्ने लक्ष्य सहित नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलको लागि जापान जाने भएको छ ।

साउन अन्तिम साता जापानमा मैत्रिपूर्ण फुटबल खेल्न टोली जापान जान लागेको हो । प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोली यही अगष्ट ४ तारिखमा १० दिनका लागि जापान जाने छ ।

एसियन कप छनोटअन्तर्गत आगामी सेप्टेम्बर ५ मा नेपालले ताजकिस्तानविरुद्ध खेल्नेछ । ताजकिस्तानविरुद्धको खेलका लागि जापानी प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत साताबाट टोलीको प्रशिक्षण सुरु गराइसकेका छन् ।

यसअघि फिलिपिन्समा भएको एसियन कप छनोटको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ४–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एएफसी एसियन कप छनोटमा परेको कुवेत र ग्वाम फिफाको कारबाहीमा परेपछि नेपालले छनोट खेल्ने मौका पाएको हो ।

ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ ९एएफसी० ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागि गराएको हो ।

समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

जापानी फुटवलटोलीसँग अभ्यास खेल्ने बताइएपनि कुन स्तरको टिम तथा खेलाडी सहभागी हुने भन्ने खुलीसकेको छैन । नेपाली फुटवल टोलीको प्रमूख प्रशिक्षकमा रहेका जापानी ग्योतोकु कोजीले मैत्रीपूर्ण खेलको संयोजन गरेका हुन् ।

19.12¡ÆC