
<p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">काठमाण्डौ । मुसिकोट नगरपालिका–२ सिस्नेखोलास्थित नमुना विद्यालय महाकाली माविमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थी खुला स्थानमै बसेर पढ्छन् । विद्यालयका दुईवटा भवन जीर्ण छन् । ती भवनमा बस्न नमिल्ने व्यवस्थापन समिति सदस्य रमेश खड्काले जानकारी दिए । अरू दुई भवन निर्माणाधीन छन्।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">जिल्ला शिक्षा कार्यालयको १६ लाख लागतमा असार मसान्तसम्म निर्माण सक्ने गरी ठेक्का दिइएको थियो । तर, दुईकोठे पक्की भवनको निर्माण आधा मात्र सकिएको छ । त्यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा क्रमागत बजेटअन्तर्गत अर्को दुईकोठे भवन पनि बनिरहेको छ ।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">विद्यालयमा हाल चारवटा भवन छन् । जसमध्ये सात कोठा भएका दुईवटा भवन बस्नै नमिल्ने गरी जीर्ण छन् । तर, जिल्ला शिक्षा कार्यालयका प्राविधिकले बस्न नमिल्ने भनेका सातमध्ये तीन कोठामा जोखिम मोलेरै विद्यार्थी राखिएको छ ।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">विद्यालयलाई १४ ओटा कक्षाकोठाको आवश्यकता भए पनि हाल पाँचवटा मात्र राम्रा कोठा भएको प्रधानाध्यापक लोकबहादुर खड्काले बताए । तीनवटा कक्षाका विद्यार्थीलाई चौरमा रहेको समिको रूखमुनि राखेर पढाउने गरेको खड्काले बताए । तर, पानी परेको वेला भने पढाइ नै प्रभावित हुने उनको भनाइ छ । विद्यालयमा हाल तीन सय २८ विद्यार्थी छन् ।</p>
26.12¡ÆC