काठमाडौं । भरतपुर महानगरपालिकामा पुनःमतदान गराउने वा च्यातिए बाहेकका मतपत्र पुनःगणना गर्ने भन्ने छिनोफानो सर्बोच्च अदालतले सोमबार पनि लगाउन सकेन ।

न्यायाधीशद्धय ओमप्रकाश ओझा र पुरुषोत्तम भण्डारीको इजलासमा तेस्रो दिन चलेको सुनुवाई पनि नसकिएपछि हेर्दा हेर्दैमा रहेको हो । अब अर्को सुनुवाई साउन १२ गते हुने भएको छ ।

सोमबार निर्वाचन आयोगको निर्णयको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता रमण श्रेष्ठले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने बताए । निर्वाचन आयोगको निर्णय कानुन बमोजिम भएकाले भावनात्मक रुपमा बहकिन नहुने उनको जिकिर थियो ।

उनले मतपत्र च्यात्न महान्यायाधिक्ताले कानुनको दफा हेरेर सल्लाह दिएको भनी विपक्षीहरुले लगाएको आरोप समेत खण्डन गरे ।

यसअघि आइतबार रिट निवेदक गुन्जमान विश्वकर्माको पक्षबाट अधिवक्ता चन्द्रकान्त ज्ञवाली, बिजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुँयल, लगायतले बहस गर्दै पुनः मतदान गराउने नियतले मतपत्र च्यातिएकाले यस्तो हर्कतलाई अदालतले पश्र्रय दिन नहुने जिकिर गरेका थिए । उनीहरुले मतपत्र नियतवश च्यात्नेको हकमा अदालतले भविष्यका लागि नजिर बन्ने गरी बिधिशास्त्र तय गर्नुपर्ने बताएका थिए ।

वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको १५ औं दिन अर्थात जेठ १४ गते मतगणना भइरहेका बेला भरतपुर महानगरपालिका १९ को गणना भइरहेका केही मतपत्र च्यातिएका थिए ।

मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने आदेश निर्वाचन आयोगले दिएको थियो । छानविन गर्दा ९० मतपत्र च्यातिएको पाइएको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नं. १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।

त्यसयता लगातार यो विषय अदालतमै अल्भिmएको छ । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।

20.04¡ÆC