काठमाडौं,जेठ १७ । सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको आन्दोलनपछि १० दिने विरोधका कार्यक्रम घोषणागरि विभिन्न स्थानमा सभा गर्दै आन्दोलनरत संघीय गठबन्धनले आज पोखरामा सभा गर्दैछ । तमुवान संघर्ष समितिको आयोजनामा पोखरामा जनप्रदर्शन सहित विरोधसभा गर्न लागेको हो । यसअघि हिजो विरगञ्जमा विरोधसभा गरेको गठबन्धनले आज दिउँसो पोखरामा विरोधसभा गरेपछि आजदेखि आन्दोलनको पहिलो चरण पुरा हुनेछ ।

बिरोधसभामा गठबन्धनमा आवद्धदलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

सरकारले औपचारिकरुपमा पत्र पठाएर बैठकमा आउन आग्रह गरेको भएपनि वार्ताको लागि विश्वासिलो वातावरण नभएको भन्दै बार्तामा नजाने अडान लिएको छ ।

28.12¡ÆC