चितवन। चितवनको नारायणगढ– मुग्लिन सडक खण्ड शनिबार दिउँसोबाट अबरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्तर्गत कालीखोला र चेपाङ डाँडाको बीच भागमा पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएपछि केही समय पन्छाउन समस्या भएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो २० मिटर लामो छ । पन्छाउन सुरु गरिएपनि सडक सुचारु हुनसक्ने अवस्था छैन । ‘पहिरो पन्छाउन सहज भए ५ घण्टा लाग्ने छ,’ उनले भने, ‘पन्छाउन राति हुने, जोखिम हुने भएकाले आजै यातायात सुचारु हुन गाह्रो छ ।’

उनका अनुसार सडकमा रोकिएका सवारी साधनलाई सुरक्षित ठाउँमा पठाइएको र केही गाडी सडकमै छन् । यो खण्डमा शुक्रवार रातिसमेत मुग्लिनदेखि जलबीरेसम्मको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अबरुद्ध बनेको थियो ।

बिहान ७ बजेर २० मिनेटमा सडक सुचारु भएपनि दिउँसोबाट पुन अबरुद्ध बनेको हो । राति पानी परेपनि दिउँसंो भने सिमसिम मात्र परेको खनालले बताए ।

24.02¡ÆC