भारत,जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानलाई आपतकालिन अवतरण गराइएको छ । कर्नाटकबाट दिल्ली जाने क्रममा गयराती विमानलाई जयपुर विमानस्थलमा आपतकालिन अवतरण गराइएको हो । दिल्लीमा अचानक मौसम खराब भएपछि मोदी सवार विमानलाई जयपुरमा आपतकालिन अवतरण गराएर दुई घण्टा राखिएको अधिकारीहरुले बताएका छन् ।

विमानस्थलमा विमान अवतरण गरेपछि पनि मोदी विमानबाट बाहिर भने ननिस्किएको बताईएको छ । उनले विमानभित्रै राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेसँग राजनीतिक भेटवार्ता गरेका थिए । मोदीलाई भेट्न मुख्यमन्त्री राजे विमानस्थलमै पुगेकी थिइन् । मोदीले विमानभित्रै भेटवार्ता गरेका थिए ।

20.12¡ÆC