नारायणगढ–मुग्लिन सडकखण्डमा अझै एक वर्ष सास्ती

साउन ६, २०७४ मा प्रकाशित | 1202 views

चितवन,साउन ६ ।  नारायणगढ–मुग्लिन सडकखण्डमा हुने सास्ती अझै एक वर्ष रहने निश्चित भएको छ। निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएपछि यो बाटो भएर ओहोरदोहोर गर्ने यात्रुले थप एक वर्ष कष्ट खेप्नुपर्ने निश्चित भएको हा।

१५ को अप्रिलमा दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी तीन निर्माण कम्पनीलाई सो सडक ठेक्कामा दिइएको थियो। राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकतामको सडक भनिए पनि विभिन्न बहानामा निर्माण कम्पनीले काम ढिलो गरेका हुन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तेस्रोपटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि फेब्रुअरी २०१८ सम्म पुगेको छ।

पहिलो खण्डको मिति १४ फेब्रअरी र तेसौ खण्डको म्याद २० फेब्रुअरीसम्म थप गरिएको हो। दोस्रो सडकण्ड निर्माणको जिम्मा पाएको उड हिल तथा लामानिर्माण कम्पनीको भने समय थप गरिएको छैन। यो सडकखण्ड असार २५ गतेदेखि रातमा बन्द गरिए पनि दिउँसो सवारीचापका कारण काम हुन सकेको छैन। नारायणगढबाट २२ किलोमिटर मुग्लिनतर्फ घुमाउने मा राति हेलोभिजन बत्ती बालेर भित्तो काट्ने काम भइरहेको छ। सो ठाउँमा दुई सय मिटर लामो र ४४ मिटर अग्लो भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web