<p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">सिङ्गापुर । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ ।
<p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ््याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो । नेपालले खराब शुरुवात ग¥यो । मात्र उन्नाइस रन बनाउँदा १०।१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी तीन चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । चारजना खेलाडी शून्यमै आउट भए ।
<p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार÷चार विकेट लिए । जर्दानले नौ ओभरमा पाँच मेडन राखि मात्र सात रन खर्चे । नवीनले चार ओभरमा एक मेडन राखेर आठ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।
<p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।
<p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९।४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए ।
25.12¡ÆC