मुटुसम्म रगत रोकिएपछि पूर्वराजा ज्ञानेन्द्र नर्भीकको सीसीयुमा, पत्नी देखी पारसमेत अस्पतालमै

साउन ४, २०७४ मा प्रकाशित | 1359 views

काठमाडौं ।

नियमित जाँचका क्रममा अघिल्लो हप्ता मुटुको एउटा धमनीमा अवरोध भएको पाइएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको नर्भीक अस्पतालमा एन्जिओप्लाष्टि गरिएको छ ।

उनलाई आज बिहान नर्भीक अस्पताल भर्ना गरिएको थियो । भर्ना गरिएपछि उनलाई मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले मुटुको बन्द भएको धमनी खुलाउन एन्जिओप्लाष्टि गर्नुका साथै स्टेन्ट पनि राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्रसँग अस्पतालमा पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत परिवारका अधिकांश सदस्य साथै रहेका छन् ।  ज्ञानेन्द्रको उपचारमा मुटुरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. यादवदेव भट्ट सहित ६ जना चिकित्सक सहभागी छन् ।

उपचार टोलीको नेतृत्व गरिरहेका डा. भट्टले पूर्वराजा शाहको उपचारका बारेमा हाम्रो डक्टरलाई यस्तो बताए ।

के भएको हो पूर्वराजालाई ?

उहाँको यो नियमित चेकजाँचपछिको उपचार हो । अघिल्लो हप्ता उहाँ नियमित जाँचका लागि अस्पताल आउनुभएको थियो । त्यसपछि मुटुको धमनीमा समस्या देखिएपछि आज एन्जिओप्लाष्टी गरिएको हो ।

के जटिलता छ उहाँको मुटुमा ?

उहाँको हिँड्दाखेरी धमनीबाट मुटुसम्म कम रगत प्रवाह हुने समस्या छ । त्यसैलाई ‘ब्लकेज’ भनिएको हो । हामीले एन्जिओप्लाष्टी गर्नुका साथै स्टेन्ट पनि राखिदिएका छौं । अब सामान्य भएको छ ।

के हो एन्जिओप्लाष्टि र स्टेन्ट भनेको ? यो किन गरिन्छ ?

मुटुको नशा सांघुरियो भने त्यसलाई शल्यक्रिया नगरी खुलाउनका लागि एन्जिोप्लाष्टि गरिन्छ । त्यो खुलाइएको धमनीमा पुनः अवरोध नआओस् भनेर स्टेन्ट राखिन्छ । यो एउटा स्प्रिङ हो जसले नशालाई खुलाइराख्छ ।

यसको आयु कति हुन्छ ?

यो एकपटक गरेपछि सोही ठाउँका लागि सँधैका लागि हुन्छ । स्टेन्ट राखिसकेपछि पुन अवरोध उत्पन्न हुने सम्भावना जम्मा ८ प्रतिशतमात्र हुन्छ । त्यसैले यो भरपर्दो र सुरक्षित उपचारविधि मानिन्छ ।

उहाँको त पहिलेपनि एन्जिओप्लाष्टि गरिएको हो नी होइन ?

हो । उहाँको पहिले मुटुको अर्को धमनीमा अवरोध आएका थियो । त्यसमा पनि एन्जिओप्लाष्टि गरिएको हो । त्यसमा कुनै समस्या छैन । अहिले त्यो धमनीमा होइन । अर्को धमनीमा समस्या आएको हो ।

उहाँको अवस्था अहिले कस्तो छ ? केही जोखिम बाँकी छन् ?

ठीक छ । सामान्य भएको छ । उहाँ सिसियुमा हुनुहुन्छ । आराम गर्ने बेला हो यो । उहाँलाई तत्काल कुनै जोखिम छैन ।

हाम्रोडक्टरअनलाईनबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web