
<p style="text-align: justify; ">काठमाडौं । तीन तथा चार वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। </p><p style="text-align: justify; ">सूचनाअनुसार परीक्षा आगामी भदौ ४ देखि २७ गतेसम्म चल्नेछ। तीन वर्षे शिक्षा शास्त्र, विज्ञान तथा मानविकीको परीक्षा बिहान ७ देखि १० बजेसम्म तथा चार वर्षे विज्ञान, शिक्षा शास्त्र, व्यवस्थापन तथा तीन वर्षे व्यवस्थापनतर्फको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ।</p><p style="text-align: justify; "><br></p>
26.12¡ÆC