काठमाडौं ।

१९ वर्ष मुनिको अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी विश्व कप छनोट अन्तर्गत नेपालले सोमबार आफ्नो पहिलो खेल आयोजक सिंगापुर संग खेल्दै छ ।

नेपाल र सिंगापुर बिचको खेल पादाङ्ग स्थित सिंगापुर क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार सोमबार बिहान ७ बजेर १५ मिनेट जाँदा शुरु हुनेछ ।

१४ सदस्यि नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् भने नेपाली टोलीको मुख्य प्रशिक्षको रुपमा बिनोद दास रहेका छन् ।

भारतमा रहेर केहि दिन प्रशिक्षण र अभ्यास खेल खेलेको नेपाली १९ वर्ष मुनिको टोली विश्व कप छनोटका लागि सिंगापुर पुगिसेको छ ।

१९ वर्ष मुनिको विश्व कप छनोट क्रिकेटमा नेपालले आयोजक सिंगापुर, मलेसीया र अफ्गानिस्तान संग डबल राउण्ड रोबिन प्रणालि अन्तर्गत दुई दुई वटा खेल खेल्ने छ ।

छनोट प्रतियोगितमा प्रथम हुने राष्ट्रले सन् २०१८ को जनवरि महिनामा हुने १९ वर्ष मुनिको विश्व कपमा सहभागिता जनाउने छ ।

23.12¡ÆC