मतदाता नामावली संकलन गाउँगाउँमा गर्न सुझाव, सहयोग गर्न आयोगको आग्रह

असार २८, २०७४ मा प्रकाशित | 702 views

काठमाडौं ।

निर्वाचन आयोगले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलन कार्यमा सहयोग पु¥याउन आग्रह गरेको छ ।

निर्वाचन आयोगमा आज भएको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले मध्यबर्षामा गरिन लागिएको मतदाता नामावली संकलनका लागि तोकिएको १५ दिनको समयसीमा थोरै भएकोले यसलाई कम्तिमा एक महिना हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

उहाँहरुले विगतमा जस्तै बाहिरी जिल्लाबाट पनि नामावली दर्ता गर्ने व्यवस्था मिलाउन सुझाव दिदै  हरेक स्थानीय तहमा पुगेर नामावली संकलन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अभियानकै रुपमा सञ्चालन हुने मतदाता नामावली संकलनमा आफना कार्यकता परिचालन गरी सहयोग पु¥याइदिन सवै दलसँग आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त डा। यादवले कोही पनि मतदाता नछुटुन,  कोही नदोहोरिउन, अधिक मतदाताको सहभागित होस् भन्नाको लागि मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिन लागिएको उल्लेख गर्नुभयो ।

आयोगका कामु सचिव महेश्वर न्यौपानेले निर्वाचनको पूर्वाधारको रुपमा रहने मतदाता  नामावली संकलन गर्न राजनीतिक दलको सहयोगको आयोगले अपेक्षा गरेको बताउनुभयो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले फोटोसहितको मतदाता नामावली संकलनको इतिहास, प्रयोग र आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर गर्न लागिएको मतदाता नामावली दर्ता, त्रुटी सच्याउने तथा नाम हटाउन सम्वन्धमा जानकारी गराउनुभयो ।

आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि सवै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्ने  कार्यक्रम यस अघि नै सार्वजिनक गरिसकको छ ।

प्रदेशसभाको निर्वाचन असोज मसान्त र प्रतिनिधिसभाको निर्वाचन मङसिरको पहिलो साता गर्ने गरी मिति तोक्न आयोगले सरकारलाई औपचारिक पत्र पठाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web