व्यापारी श्रेष्ठसँगै अपहरित रण बहादुरको पनि हत्या, गुफामा भेटियो शव

असार २८, २०७४ मा प्रकाशित | 1611 views

सल्यान ।

तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रण बहादुर घर्तीको शव आज फेला परेको छ ।

सल्यान छत्रेश्वरी गाउँपालिका वडा न ४ खर्सुगैराको जंगलमा घर्तीको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहले जानकारी दिनु भएको छ ।

राज कुमार श्रेष्ठको शव फेला परेको स्थानदेखि झन्डै १ सय ५० मिटर तलको गुफामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बुटवल बस्त्रालयका व्यापारी राजकुमार श्रेष्ठसँगै घर्ती गत जेष्ठ २६ गते अपहरणमा परेका थिए ।

घर्तीको पनि श्रेष्ठको हत्या गरेकै दिन जेष्ठ २९ मै हत्या भएको अनुमान गरिएको छ ।

श्रेष्ठ र घर्तीको हत्याको आरोपले प्रहरीले १० जनालाई त्रियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web