काँग्रेसलाई दाउमा राख्दै देउवा ! राजपा देखाएर देउवा फेरि पुरानै निर्वाचन क्षेत्र व्युँताउन खोज्दै

असार २७, २०७४ मा प्रकाशित | 989 views

काठमाडौं ।

नेता धेरै कार्यकर्ता कम अनि जनाधार नदेखिएको राष्टिय जनता पार्टीको डर देखाएर शेरबहादुर देउवा एमालेलाई खुशी पार्दै फेरि पुरानै निर्वाचन क्षेत्र व्युँताउने दाउमा लागेका छन् ।

प्रदेश र संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन मागिरहेका बेलामा आयोग समेत बनाउन नसकेका देउवा पुरानै निर्वाचन क्षेत्र व्युँताउने दाउमा लागेको खुलाशा भएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुको साटो देउवाले हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई नै कायम राख्न बालुवाटारमा भएको तीन दलको बैठकमा प्रस्ताव गरेका छन् ।

संविधान संशोधनमा एमालेलाई सहयोग गर्न डाकिएको बैठकमा देउवाले घुमाउरो गरि २४० निर्वाचन क्षेत्र कायम राख्न प्रस्ताव राखेका हुन् ।

राजपाले जनसंख्याको आधारमा नभएको भन्दै बिरोध गरिरहेको देखाउँदै देउवाले २४० निर्वाचन क्षेत्रमा चुनाव गरे के हुन्छ भन्दै पुरानै निर्वाचन क्षेत्र राख्न खोजेका हुन् ।

देउवाको प्रस्तावमा लचक जस्दै देखिएको एमालेले समेत स्विकार गर्ने संकेत दिएको बताइन्छ । यद्यपी माओवादी केन्द्रले भने यसमा अस्विकार गरेको छ ।

हाल व्यवस्थापिका संसदमा २४० प्रत्यक्ष र ३३५ समानुपातिक गरी ६०१ सांसद छन् । तर, नयाँ संविधानमा निर्वाचन क्षेत्र घटाएर १६५ र समानुपातिक ११० कायम गर्ने उल्लेख भइसकेको छ ।

तर देउवाले राखेको प्रस्ताव मान्दा पुन संसद संख्या ६०१ नै हुनेछ र यसले बर्षेनी देशको व्यहभार अर्बौं रुपैयाँ बढाउनेछ । नेता पाल्न मात्रै अर्बौं रुपैयँ सक्नेगरि राजनीतिक सहमतीको नाममा सबैदल मिलेर राज्य ढुकुटी लुट्ने देउवाको प्रस्तावमा एमाले समेत सकारात्मक रहेपछि माओवादीले बिरोध गरेपनि समानुपातीक संख्या पनि कायम राख्नुपर्ने बताएको छ । यसरी हेर्दा २४० प्रस्तक्ष र समानुपातीक समेत गरि नेता र सांसद मात्रै पाल्ने राज्यढुकुटीको हालको स्वरुपमालाई तीनदलले घुमाउरोगरि लागु गर्न खोजेको देखिएको छ ।

निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर प्रतिवेदन मागिरहँदा आयोग गठन गरेर विवाद टुंग्याउनतिर नलागी प्रधानमन्त्री देउवा पुरानै व्यवस्था व्यँुताएर सांसदमात्र बढी बनाउने कसरतमा लाग्दा उनि फेरीपनि हालसम्मकै जम्मो मन्त्रीमण्डल गठन गर्ने, सांसदहरुलाई सुत्केरी भत्दा र पँजेरो बाँड्ने जस्तो विवादीत निर्णय गर्दै सत्ता टिकाउन माहिर बनेको उनको छवि नसुध्रेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web