पाल्पा ।

पाल्पाको तानसेनमा आज विहान ४ बजे बम विष्फोट भएको छ ।

भगवतिटोल स्थित आँखाशिविर नजिकै अज्ञात समुहले प्रेसर कुकर बम विष्फोट गराएको हो ।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेका कारण नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अहिले तानसेनका सबै ठाउँमा सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रहरीले जनाएको छ ।

एका बिहानै बम विष्फोट हुनुले सर्वसाधारण त्रसित भएका छन् ।

20.33¡ÆC