काठमाडौं ।

व्यवस्थापिका–संसद्, विकास समितिले प्राकृतिक बिपद््को नियन्त्रण र त्यसपद्धिछ राहत उद्धार र दिर्घकालिन कार्यक्रमका लागि ठोस निति ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले वर्षेनी दोहोरिने समस्यालाई योजनाबद्ध तवरमा दीर्घकालीन सोचका साथ कम गर्दै लैजाने व्यवस्था मिलाउन बैठकले सरकारलाई निर्देशन दिएको छ ।

अविरल वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानबाट प्रभावितको यथार्थ लगत सङ्कलन गर्न, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन, बाढीपहिरो, डुबानबाट प्रभावित भएका बस्तीलाई समयमै स्थानान्तरण गर्न, बैठकले निर्देशन दिएको समितिका सभापति रबिन्द्र अधिकारीले बताउनु भयो ।

यसैबिच सप्तरीका बाढी पीडितहरुलाई सरकारले घर बनाउन प्रति परिवार २५ हजार रुपियाँ र १५ लाख रुपियाँ सहुलियत क्रृण उपलब्ध गराउने भएको छ ।

अन्तराष्टिय सिमा नियम बिपरित भारतले सिमा क्षेत्र अतिक्रमण गरि बाँध बनाउँदा सप्तरीको खाँडो खोलामा हालै आएको बाढीले तटबन्ध भत्काउनुका साथै करिब १ सय ५० घर बगाएको छ ।

17.32¡ÆC