पाल्पा ।

पाल्पाको तानसेन नगरपालिका –९ अमल्यानमा तीनाउखोलाले जीप बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

रुप्से खहरेको आफन्तको विहेबाट तानसेन तर्फ फर्कदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई गएराति १२ बजे तीनाउखोलाले बगाउदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी– १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कुवर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गए राति परेको लगातार बर्षाले पानीको सतह बढेकोले उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेहरुको खोजी कार्य भईरहेको छ ।

16.6¡ÆC