काठमाडौं ।

आज बसेको मन्त्रीपरिषदको बैठकले प्रतितिधिसभा सदस्य निर्वाचन सम्बन्त्रि व्यवस्था गर्न बनेको बिधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठक पछि जानकारि दिदै अर्थमन्त्री तथा सरकारका प्रबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीका परराष्ट्र मामीला सम्बन्धि सल्लाहकारमा दिनेश भट्टराइलाई नियुक्ति गरेको जानकारी दिए ।

यसैगरि मन्त्रीपरिषद बैठकले भारतले सिमा नियम बिपरित बनाएको सडकका कारण सप्तरीमा डुबानमा परेका नागरिकहरुलाई १५ लाख सहुलियत ऋण उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यसैगरी पिडितलाई टहरा बनाउन १५ हजार नगद र जस्ता पाता किन्न १० हजार पनि सहायता स्वरुप दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारले भारतीय बाँधका कारण भएको समस्याका दिर्घकालीन समस्याको सम्वोधन नै नगरि राहत मात्र दिने निर्णय गरेकोमा पिडितसँगै सर्वत्र सरकारी निर्णयको आलोचना भइरहेको छ ।

16.6¡ÆC