सिटौलाको गृहनगरमा एमाले विजयी

असार २२, २०७४ मा प्रकाशित | 1124 views

दमक । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर झापाको भद्रपुरमा एमालेले जित हात पारेको छ। सिटौलाको प्रभाव क्षेत्रमा नै कांग्रेसलाई पराजित गर्दै एमालेका जीवनकुमार श्रेष्ठ नगरप्रमुख बनेका छन्।

श्रेष्ठ ११ हजार ४२ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २१२ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भइन्।

उनले १० हजार ६५० मत प्राप्त गर्दा उनकी निटतकम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भूर्तेललले ६ हजार ४९८ मत प्राप्त गरिन्। चुनावअघि कांग्रेस नेता सिटौला १५ दिनसम्म गृहनगरमा बसेर चुनावी गतिविधिमा सक्रिय भएका थिए। तर, उनको सक्रियता पार्टीलाई चुनाव जिताउन पर्याप्त भएन। वडाहरुमा पनि एमालेकै पल्ला भारी देखिएको छ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका दशरथ प्रधान, २ मा एमालेकै भीमबहादुर सुब्बा, ३ नम्बरमा एमालेकै कमला थुलुङ राई, ४ मा माओवादीका हंशधर राजवंशी, ५ मा कांग्रेसका बन्धु कार्की, ६ मा एमालेका प्रेम बरुवाल, ७ मा एमालेकै  विनोदप्रसाद पोखरेल, ८ मा कांग्रेसका गौरव सुब्बा, ९ मा एमालेका शनिलाल राजवंशी र १० मा एमालेकै टेकबहादुर खड्का विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web