धनकुटामा नयाँ शक्ति, फोरम राप्रपा सहित ८५ जनाको जमानत जफत

असार २०, २०७४ मा प्रकाशित | 1258 views

धनकुटा ।

आसन्न स्थानिय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा ८५ जनाको जमानत जफत भएको छ ।

प्रमुख र उप–प्रमुखमा ५/५,वडा अध्यक्षमा १८, दलित महिला ७, महिला सदस्य १० सहित ४० जना खुल्ला सदस्यहरुको जमानात जफत भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

जमानत जफत हुने प्रमुख उमेद्वारहरुमा राप्रपाका बालानन्द भूर्तेल, नयांशक्ति पार्टी नेपालका गणेश पोखरेल, संघिय लोकतान्त्रिक राष्टिय मन्चका ईन्द्र बहादुर रसाईली, राष्टिय जनमोर्चाका कैलाशमान पौडेल र मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)का अमृत कुमारी राई रहेका छन् ।

त्यस्तै उप–प्रमुखमा राप्रपाका तारा कुमारी तामाङ्ग,संघिय समाजवादी फोरका सारकुमारी आठपहरीया,फोरम लोकतान्त्रिकका अम्वर बहादुर मल्ल ठकुरी,राष्टिय जनमुक्ति पार्टीका शान्ता राई र स्वत्रन्त्रबाट उमेद्वार दिएकी सावित्रा मायाँ बिश्वकर्मा रहेका छन् ।

वडा अध्यक्षहरुमा माओवादी केन्द्र र राप्रपाका ५/५,फोरम लोकतानित्रकका ४,संघिय समाजवादी फोरमका २ र संघिय लोकतान्त्रिक राष्टिय मन्च र जनमुक्तिका १/१ जना रहेका छन् ।

सदस्यहरुमा जमानत जफत हुनेहरुमा माओवादी केन्द्र र राप्रपाका १३/१३ जना,कांग्रेसका ४ जना,फोरम लोकतान्त्रिक,संघिय लोकतानित्रक,स.घिय समाजवादी फोरम नेपालका ३÷३ जना र नयाँ शक्तिका १ जना रहेका छन् ।

दलित महिला सदस्यहरुमा रापपाका ४ र माओवादी केन्द्रका ३ को जमानत जफत भएको छ ।

महिला उमेद्वार तर्फ राप्रपाका ४,माओवादी केन्द्रका ३,संघिय समाजवादी फोरम,संभिय लोकतान्त्रिक मन्च र नयाँ शक्ति पार्टीका १÷१ जनाको जमानत जफत भएको छ ।

स्थानिय ७ तहको ६० वडा भएको धनकुटामा ३ सय १४ पदका लागि १ हजार २६ जनाको उमेद्वारी परेको थियो । जसमा नेकपा एमालले १७ वडाध्यक्ष बाहेक अन्य सबै पदमा बिजयी हााशिल गरेर धनकुटामा ‘क्लिन स्वीप’ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web