काठमाडौं ।

बंगलादेश टाईगर्सले जारी यशियन प्रिमियर लिग ए पि एल टि २० क्लब क्रिकेट प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा बंगलादेश टाईगर्सले दुवाई वारियर्सलाई ६ विकेटले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै दुवाई वारियर्सले २० ओभरमा ३ विकेटको क्षतिमा प्रतियोगिताको यस खेलसम्मकै सबैभन्दा बढी १ सय ९१ रन बनाएको थियो ।

तर बंगलादेश टाईगर्सले १९ ओभरमा ४ विकेट खर्चेर प्रतियोगितामा अहिले सम्मकै सबैभन्दा बढी रनको विजयी लक्ष्य प्राप्त गरेको थियो ।

बंगलादेश टाईगर्सले यो जितसँगै तेश्रो स्थान प्राप्त गर्यो भने पराजित भएको दुवाई वारियर्सले कीतिपुरमा सोमबार नै भएको दास्रो खेलमा चौथो स्थाका लागि अफगानिस्तान बुल्सको सामना गर्नुपर्यो ।

तर एकै दिन लगातार दुई वटा खेल खेल्नु परेको दुवाई वारियर्स चौथो स्थानका लागि भएको खेलमा अफ्गानिस्तान बुल्ससँग ४ विकेटले पराजित भयो ।

अफगानिस्तान बुल्सले चौथो स्थान प्राप्त गर्न सफल भयो भने दुवाई वारियर्सले मंगलबार पाँचौ स्थानका लागि ईन्डियन स्र्टाससँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

प्रतियोगिताको फाईनल खेल मंगलबार नै नेपाल स्टर्म र श्रीलङ्कन् लायन्सबीच हुनेछ ।

23.12¡ÆC