कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्वजनिक गरेको मतपरिणाममा वडा नं १ का कुल मतदाता तीन हजार ५६९ मध्ये कुल खसेको मत संख्या दुई हजार ६७९ र कुल गणना भएको मत दुई हजार ६८८ तथा बदर भएको मत १०४ देखिएपछि विवाद भएको थियो ।

कुल खसेको मतभन्दा ११३ मत बढी देखिएपछि विवाद शुरु भई मतगणनाको कार्य स्थगित भएको थियो ।

20.33¡ÆC