काठमाडौं ।

स्थानिय तह निर्वाचनका क्रममा मतदाताले खसालेको भन्दा गन्ने क्रममा बढीमतपत्र देखिएको पाइएपनि निर्वाचन आयोगले भने मतपेटिकामा भएके मतसंख्यालाई आधार मानेर मतगणना गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।

यही असार १४ गते दोश्रो चरणमा सम्पन्न गाउँपालिका/नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको संख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको संख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।

रीतपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसंख्यालाई नै वास्तविक मतसंख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

19.28¡ÆC