नारायणगढ मुग्लिङ्ग सडकखण्ड २६ घण्टादेखि अबरुद्ध, दशौं हजार यात्रु अलपत्र

असार १७, २०७४ मा प्रकाशित | 1001 views

काठमाडौं ।

चितवनको नारायणगढ मुग्लिन सडक गएको २६ घण्टादेखि अवरुद्ध भएको छ । शुक्रबार विहान सवा ८ बजे खसेको पहिरोका कारण सो सडक अबरुद्ध भएको हो । जसका कारण २६ घण्टादेखि यहाँ सडक अबरुद्ध हुँदा दशौं हजार यात्रु अलपत्र परेका छन् ।

अहिले नाराणगढबाट मुग्लिङ्गतर्फ र मुग्लिङ्गबाट नारायणगढ तर्फ १० देखि१२ किलोमिटर सम्म गाडीको जाम रहेको प्रहरीले जनाएको छ ।

पहिरो खुल्न अझै समय लाग्ने अनुमान गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त बताउनुभयो । राती जोखिम हुनसक्ने भन्दै पहिरो पन्छाउने काम साँढे ८ बजेबाट बन्द  गरिएको थियो ।

विहान ५ बजेबाट दुईतर्फबाटै लोडर डोजरको प्रयोग गरेर पहिरो पन्छाउन शुरु गरिएको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख दिपक थापाका अनुसार यो पहिरो यो बर्षकै ठुलो हो । २०० मिटर माथिबाट खसेको पहिरो करिव ५० मिटर लम्बाईको छ । शुक्रबार दिउँसो यहाँ १ बजे पहिरो हेर्न जाँदा कालिखोलाका स्थानिय एक बहादुर मगरको पहिरोमा परेर ज्यान नै गएको थियो ।

२६ घण्टा बढी समय राजधानी जोड्ने मुख्य राजमार्ग ठप्प हुँदा स्थानिय तह निर्वाचनमा मतदान गर्न उपत्यकाबाट घर गएर फर्कंदै गरेका सहित हजारौं यात्रु बिचमै अलपत्र परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web