रुकुममा मतगणना शुरु गर्ने तयारीे

असार १५, २०७४ मा प्रकाशित | 941 views

रुकुम ।

रुकुममा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु गाउँपालिकाको केन्द्रसम्म आईपुगेका छन ।

रुकुमको सिस्ने, पुथा उत्तरगंगा र भुमे गाउँपालिका कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु आईपुगेको मुख्य निर्बाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए ।

उनका अनुसार रुकुमका ३८ वटा मतदान केन्द्र मध्य २८ वटा मतदान केन्द्रको मतपेटिका हिजै साँझ आईपुगेको भएपनि १० वटा मतदान केन्द्रका मतपेटिकाहरु भने केहि बेरअघि मात्र आईपुगको हुन ।

भौगोलिक समस्या र  बर्षात लगायतका समस्याका कारण मतपेटिकाहरु ढिलोगरी मात्र आईपुगेका हुन ।

रुकुमको सिस्ने गाउँपालिकामा सर्बदलिय राजनैतिक बैठक सकिएको र अबको केहि समय भित्रै मतगणना शुरु गर्ने तयारी गरिएको छ भने भुमे र पुथा उत्तरगंगा गाउँपालिकामा पनि सर्बदलिय बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web