काठमाडौं,जेठ १५ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३( ०७४ को बजेट अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ८ अर्ब १९ करोड रुपियाँको बजेट प्रस्तुत भएको थियो । आगामी र्आर्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ ।

चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बाँकी हुँदा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् ।

19.12¡ÆC