चितवनमा माओवादीले च्यातेको मतपत्र सर्वोच्च पठाइयो

असार १३, २०७४ मा प्रकाशित | 1030 views

चितवन ।

भरतपुर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले त्यातेका ९० वटा मतपत्र आज सर्वाेच्च अदालत काठमाडौं पठाईएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले आज विहान चितवनबाट मतपत्र काठमाडौ पठाएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादबारे सर्वाेच्चले मागेको कागजपत्र सहित च्यातिएकोमतपत्र पठाईएको हो ।

हिवान ८ः१५ बजे बुद्ध एयरबाट मतपत्र पठाईएको हो । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएको मतपत्रलाई मतपेटिकामा राखेर शिल गरी पठाईएको छ ।

मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायव निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाण्डौं जानु भएको छ ।

बिहानः ८ः१५ बजेको बुद्धएयरको फ्लाईट नम्बर ३६० ९ एन ए आई टी विमानबाट उहाँहरु काठमाण्डौं जानु भएको हो । उक्त मतपत्र आजै सर्वाेच्च अदालत बुझाईने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web