चितवन ।

चितवनमा गोली हानेर लुट्ने लुटेरामध्ये २ जना पक्राउ परेका छन् । आज प्रहरी कार्यालय,चितवनमा पत्रकार सम्मेलन गरी ती लुटेरालाई प्रहरीले सार्वजनिक गरेको छ भने अर्का एकजना भने फरार छन् ।

सो फरार अभियुक्त कृष्ण शाही ठकुरी भारतमा रहेको थाहा हुन आएकोले छिटैनै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ। पक्राउ गर्नका लागि नेपाल प्रहरीले भारतीय प्रहरीलाई पत्राचार समेत गरेको जानकारी दिएको छ ।

यसमध्ये पक्राउ पर्ने दुबैजनालाई खुन मुद्धामा अनुसन्धान भैरहेको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो । पक्राउ परेकामा नवलपरासी मध्यविन्दु नगरपालिका १० अरुण खोलाका लक्ष्मण परियार र सोही ठाउँका नारायण विक रहेका छन् । उनीहरुलाई नगद र गरगहना सहित पक्राउ गरिएको छ।

पश्चिम चितवनको शुक्रनगरमा जेठ ४ गते विदेशबाट आएको १५ दिन नपुग्दै तीनजनाको लुटेराले एकै परिवारका ४ जनालाई गोली एवं धारिलो हतियार प्रयोग गरी लुटपाट गरेका थिए । प्रहरीको सुक्ष्म अनुसन्धानबाट २ जना पक्राउ पर्न सफल भएको र एकजना फरार रहेको प्रहरीले जनाएको छ।

भरतपुर महानगर २५ शुक्रनगरमा जेठ ४ गते पेस्तोलको प्रयोगगरी हम्मर र रडले हानेर लुटपाट गरेका थिए । गोली लागेका गंगासागर महत्तोको उपचारका क्रममा ज्यान गएको थियो । उनी विदेशबाट १५ दिन अघि मात्रै घर आएका थिए ।

उक्त समयमा हम्मर र रडले हानेर गंगासागरकी आमा साउनी महत्तो, बहिनी रामकुमारी महत्तो र श्रीमती कुन्ती महत्तो घाईते भएका थिए । ८३ हजार नगद सहित उनीहरुलो चोरेका झण्डै दश तोला गरगहना बरामद गरिएको छ ।

19.66¡ÆC