माओवादी केन्द्रका उम्मेदवारको अवस्था अझै अज्ञात

असार १०, २०७४ मा प्रकाशित | 780 views

इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उनी अहिलेसम्म सम्पर्कविहीन छन, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताए ।

बेपत्ता राईको खोजी कार्यका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरिएको जनाएको छ । बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web