गृहमन्त्री भन्छन् -‘१५ बर्षमै नेपाललाई धनी देश बनाउन सकिन्छ’

असार ८, २०७४ मा प्रकाशित | 772 views

बिराटनगर ।

गृहमन्त्री जर्नादन शर्माले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचार विरुद्धको हुने ठोकुवा गरेका छन ।

आफु उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकीर गर्दै मन्त्री शर्माले देशलाई समृद्ध बनाउने बाहेक अरु कुनै लक्ष्य न भएको बताए ।

बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे ।

उनले स्थानीय तहमा भ्रष्टाचार हुन नदिने बताउदै १५ वर्षमै नेपाललाई धनी देश बनाउन् सकिने बिचार राखे ।

यसैगरी प्रहरी भित्र रहेका समस्याहरु समाधान गरेर जनतालाई ढुक्क भएर जीवन जिउने वातावरण तयार पार्ने उनको दाबी थियो ।

“संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण छ,” उनले भने “हाम्रा स्थानीय प्रतिनीधीहरु जनताका कामदारका रुपमा काम गर्ने छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web