राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा सरकार: भट्टराई

असार ८, २०७४ मा प्रकाशित | 774 views

काठमाडौं ।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार आफैं राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा लागि परेको आरोप लगाएका छन ।

बुढीगण्डकी जलविद्युत आयोजनाका बिषयमा आफ्नै पार्टीले राखेको अन्तक्र्रिया कार्यक्रममा उनले सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले मिलेरै बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेको भन्दै आपत्ति पनि जनाए ।

राष्ट्रिय गौरवको आयोजना निर्माणको काम विदेशीलाई दिएर सरकारले करोडौं कमिसन लिने गरेको उनले बताए । कार्यक्रममा सरोकारवालाहरुले राष्ट्रिय गौरवको महत्व बोकेको बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका ।

राष्ट्रिय गौरवको आयोजना निर्माणमा विदेशी लगानी भित्र्याउन नहुने उनीहरुको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web