सुरक्षा परिषद्मा निर्वाचन सुरक्षाबारे छलफल

असार ७, २०७४ मा प्रकाशित | 836 views

काठमाडौं ।

राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोश्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको छ ।

बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकका रुपमा आज परिषद्ले निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिनुभयो ।

निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको अर्थमन्त्री कार्कीले बताउनुभयो ।

उहाँले निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री कार्की, गृहमन्त्री जनार्दन शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web