अज्ञात समूहद्वारा एमाले उम्मेदवारको घरमा बम विष्फोट

असार ७, २०७४ मा प्रकाशित | 545 views

उदयपुर । मंगलबार बेलुकी साँढे ७ बजे खोटाङमा नेकपा एमालेका वडा अध्यक्ष प्रत्यासी उम्मेदवारका घरमामा अज्ञात समूहले शक्तिशाली बम विष्फोट गराउँदा एक महिला घाइते भएकी छन्।   जिल्ला प्रहरी कार्यालय खोटाङका इन्सपेक्टर किरण गुरुङका अनुसार जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका(८ वडाध्यक्षका उम्मेदवार लीला चौहानको घरमा बम बिष्फोट गराउँदा उनकी बुहारी घाइते भएकी हुन्। बममा परी वडाध्यक्षका प्रत्यासी चौहानकी २२ वर्षे बुहारी सकुन्तला चौहान घाइते भएको इन्सपेक्टर गुरुङले बताए।

‘सकुन्तलको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको छ,’ गुरुङले भने, ‘घाइतेको उपचारा खोटाङमै भइरहेको छ।’ घर छेउमै रहेको भान्छा कोठामा अज्ञात समूहले बम फ्‍याकेको दोस्रो बम पड्केको थियो। ‘पहिलो फ्‍याँकिएको बम पड्किएन छ,’ इन्सपेक्टर गुरुङले थाहाखबरको कुराकानीमा घर परिवारका सदस्यलाई उदृत गर्दै भने, ‘दोस्रो बम पड्केपछि क्षति पुर्‍याएको हो।’ उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको थिए। एमाले खोटाङका अध्यक्ष बबी चामलीङअ बुधबार टेलिफोनमा कुरा गर्दै घट्ना योजनाबद्ध भएको अनुमान गरेको बताएका छन्। ‘

यसरी बम पड्काउनेलाई तत्काल कारबाही हुनुपर्छ, ‘अध्यक्ष चामलिङले अहिले आफू घट्नास्थलमै रहेको भन्दै भने, अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम बिष्फोट बुझिन्छ।’ उम्मेद्वार चौहान चुनावी घरदैलो अभियानमै भएको वेला विष्फोट गराइएको हो। बिष्फोटका बेलामा उम्मेदवार चौहानकी आमा भने घरको माथिल्लो तलामा सुतिरहेकी थिइन्। नपडकिन बाँकी रहेको बम दिक्तेलस्थित नेपाली सेनाको बिस्फोजल टोली बुधबार बिहान घट्नास्थल पुगी डिस्पोज गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web