भोजपुरमा मात्रै साढे तेह्र सय बढी उम्मेदवार

असार ७, २०७४ मा प्रकाशित | 973 views

भोजपुर ।

आगामी असार १४ मा हुन गई रहेको स्थानिय तहको दोश्रो निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरमा भने साढे तेह्र सय बढीले उम्मेदवारी दर्ता गराएका छन ।

मुख्य निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा १ हजार ३ सय ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । भोजपुरमा रहेका २ नगरपालिका भोजपुर र षडानन्द र ७ गाउँपालिकाको स्थानिय तहका लागि त्यती संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारीमा दर्तामा ८ सय ९ जना पुरुष र पाँच सय ४२ जना महिला रहेका छन् । जिल्लामा सबैभन्दा धेरै षडानन्द नगरपालिकामा उम्मेदवारी दर्ता भएको बताइएको छ । त्यस्तै पौवादुङमा गाउँपालिकामा सबैभन्दा कम उम्मेदवारी परेको छ । १४ वटा वडा रहेको षडानन्द नगरपालिकामा २ सय ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै ६ वटा वडा रहेको पौवादुङ्मा गाउँपालिकामा १ सय जनाको उम्मेदवारी मनोनयन भएको छ । त्यहाँबाट ३२ जना जनप्रतिनिधि निर्वाचित हुने छन ।

भोजपुरको १२ वटा वडा रहेको भोजपुर नगरपालिकामा २ सय पाँच जनाको मनोनयन दर्ता भएको छ । ६ वडा रहेको साल्पा सिलिछो गाउँपालिकमा १ सय १३, सात वडा रहेको अरुण गाउँपालिकामा १ सय २८ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन ।

यता दश वडा रहेको आमचोक गाउँपालिकामा १ सय ४९, नौ वटा वडा रहेको ट्याम्के मैयुङ गाउँपालिकामा १ सय ३८, नौ वडा रहेको हतुवागढीमा एक सय ३३, र आठ वटा वडा रहेको रामप्रसाद राई गाउँपालिकामा १ सय ३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा ८१ वटा वडा छन् भने ४ सय २३ जना जनप्रतिनिधि निर्वाचन मार्फत चुनिने छन । भोजपुरमा कुल मतदाता संख्या १ लाख ५ हजार ५ सय ५३ जना रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web