काठमाडौं । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।

छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा हंश राउतको मृत्यु भएको छ ।

झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

25.16¡ÆC