‘संवेदनशील क्षेत्रमा विशेष सुरक्षा योजना’

असार ४, २०७४ मा प्रकाशित | 754 views

काठमाडौं । देशको झण्डै आधा भागमा स्थानीय तहको निर्वाचन भएको डेढ महिनापछि अर्को आधाजति भागमा आइतबार उम्मेदवारी दर्ता गर्न तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ।

खासगरी तराईका असन्तुष्ट समूहले अवरोध पुर्याउन सक्ने ठाउँका लागि विशेष सुरक्षा योजना बनाइएको अधिकारीहरुले बताएका छन्। संवेदनशील क्षेत्रमा एक लाख भन्दा बढी सुरक्षाकर्मी खटाइने गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतवार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको हो।

कडा सुरक्षा व्यवस्था

केही क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने आकलन गरिएको बताइएको छ।  तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी, नेपालको सम्भावित अवरोधलाई ध्यानमा राख्दै विशेष सुरक्षा व्यवस्था तयार रहेको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले बताए।

केही संवेदनशील स्थानसहित तराई र पहाडी क्षेत्रमा बेग्लाबेग्लै सुरक्षा रणनीति अपनाइएको उनको भनाइ थियो। प्रवक्ता काफ्लेले भने, "अहिले हामीले तराई क्षेत्रमा केही बढी सुरक्षा जनशक्ति खटनपटन गर्नुपर्छ कि भन्ने अनुमान गरेका छौं। तर सहज ढंगले मनोनयन दर्ता गर्न सकिने सूचनाहरु हामीलाई सबै ठाँउबाट आएको छ। कहींकतै केही घटना भयो भने सुरक्षा व्यवस्था तुरुन्तै मिलाउने गरी काम भएको छ।"

प्रतिबद्धता

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी सहित झन्डै २ लाख सुरक्षाकर्मी दोस्रो चरणको निर्वाचनमा खटिइनेछन्।

अहिले हामीले तराई क्षेत्रमा केही बढी सुरक्षा जनशक्ति खटनपटन गर्नुपर्छ कि भन्ने अनुमान गरेका छौं। तर सहज ढंगले मनोनयन दर्ता गर्न सकिने सूचनाहरु हामीलाई सबै ठाँउबाट आएको छ। कहींकतै केही घटना भयो भने सुरक्षा व्यवस्था तुरुन्तै मिलाउने गरी काम भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web