रेणु विरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी

असार ३, २०७४ मा प्रकाशित | 1507 views

चितवन। चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ ।

रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिनु भएको हो । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको आज जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिनुभयो । ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो,’ रेणु दाहालले भन्नुभयो ।  जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडाँै जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताउनुभयो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उहाँको भनाइ छ ।  निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ ।

‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ,’ पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web