काठमाडौं ।

नेपाल ओलम्पिक कमिटिले ओलम्पिक दिवश सन् २०१७ का अवसरमा आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ ।

यही असार ९ गतेसम्म जारी रहने सो दिवशअन्तर्गत नेपालका विभिन्न जाति तथा समुदायका सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलकुद, सडक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ ।

कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको भण्डा फहराएर कार्यक्रमको शुभारम्भ गर्दै ओलम्पिक आन्दोलन हरेक मानव जातिको स्वस्थ्य जीवन तथा बौद्धिक विकासका लागि महत्वपूर्ण रहदै आएको बताउनुभयो ।

आपसी सदभाव शान्ति तथा भ्रातृत्व कायम गर्नका लागि खेलकुद क्षेत्रको महत्व औँल्याउँदै उहाँले यसको माध्यमबाट ओलिम्पिकको मूल्य मान्यता तथा सिद्धान्त भ्रातृत्व, सम्मान, उत्कृष्ट क्षमताको विकास गर्नका लागि केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

सो दिवशअन्तर्गत टेनिस, बास्केटबल, कबर्दी, तेक्वान्डो, गल्फ, बक्सिीड, साम्बो, पौडी, चेस, सुटिड र आर्चरीलगायत खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

जुडोका खेलाडिले सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नेछन् ।

आधुनिक आोलम्पिक खेलको सुरुवात सन् १८९४ जुन २३ का दिन भएको ईतिहास पाइन्छ, त्यसैको सम्झनामा प्रत्येक वर्ष विश्वभर सो दिवश मनाइदै आएको छ ।

नेपालसहित विश्वका २०७ राष्ट्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सदस्य मुलुकका रुपमा छन् ।

नेपालले सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सदस्यता प्राप्त गरेको थियो ।

23.12¡ÆC