सशस्त्रद्धारा घरको छतबाट खसेकी बालिकालाई जमिनमा पर्नु अगाडिनै उद्धार

जेष्ठ ३१, २०७४ मा प्रकाशित | 727 views

बाँके ।

नेपालगञ्जमा सशस्त्र प्रहरीले घरको छतबाट खसेकी बालिकालाई जमिनमा पर्नु अगाडीनै समातेर सकुशल उद्धार गरेको छ ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित विपिचोकमा जेठ ३० गते बेलुका एक घरको छतबाट खस्दै गरेकी एक बालिकालाई जमिनमा पर्नु अगाडिनै सशस्त्र प्रहरीले समाती सकुशल उद्धार गरेको हो ।

स्थानीय नफिज करिवालको तीन वर्षिय छोरी जयनत करिवाललाई बेलुका करीव सवा चारबजे दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाँउमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा पर्नुभन्दा पहिल्यै समातेर उद्धार गरेका थिए ।

सो ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट निज सशस्त्र प्रहरी नायव निरीक्षक  कठायतसहितको एपीएफ टोली ड्युटीमा खटिएको थियो ।

त्यसठाँउमा एपीएफ टोली रहेकै छेउको घरको छतबाट ती बालिका खसेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web