राजपाको अवरोधले चुनावमा असर पर्दैन : यादव

जेष्ठ २९, २०७४ मा प्रकाशित | 717 views

सर्लाही । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । दोश्रो चरणको चुनाव जुनसुकै हालतमा हुन्छ, यादवले राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन्।’ भने ।

निर्वाचन आयोगले पार्टी दर्ता र चुनाव चिन्ह रोकेका कारण राजपा चुनावबाट पछि हटेको यादवले बताए । चुनाब सार्दै जादा जनतामा अन्यौलता बढेका छ, उनले भने,‘ सरकारले चुनाब सर्नु भन्दा पनि चुनाव सफल बनाउने तर्फ लाग्नु पर्छ ।’ चुनाब चिन्ह पाए राष्ट्रिय जनता पार्टी चुनाबमा आउने भएकाले मेधेशमा जसरी भएपनि निवार्चन हुने यादबले दाबी गरे।

सर्लाहीको नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा यादवले राजपको अवरोधले चुनावमा समान्य अप्ठ्यारो परे पनि असर नपर्ने यादवले भने । राजपाको आन्दोलनले चुनावमा खासै प्रभाव पर्दैन, यादवले भने,‘चुनाव जनताका लागि आवश्यक छ । कसैको आन्दोलने चुनाव प्रभावित हुदैन।’ चुनाब भए जनताले स्थानीय सत्ताले शक्तिपाउने , नभए देश र मधेशका जनताले नोक्सान भोग्ने पर्ने भएकाले चुनाबमा जानु आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले बताए।

लोकतन्त्रको लागि लामो लडाई लडेको लोकतन्त्र, संघीयता, स्थानीय स्वयत्ता, प्रादेशिक संरचना आफुहरुकै आन्दोलको उलब्धि भएकाले यसलाई संस्थागत गर्न र प्राप्त उपलब्धिको रक्षागर्न पनि चुनाब आवश्यक रहेको उनले बताए।

सरकारले चुनाव गराउन चाहे तराई मधेशमा चुनाव हुन्छ, उनले भने,‘चुनाव सार्नु भन्दा द्वन्द्वको निरुपण गर्नुपर्ने अवस्था छ। द्वन्द्व निरुपणका लागि सरकारले संसोधन विधेक पारित गर्नु पर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web