नेपालगञ्ज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै हालतमा चुनाव सार्न नसकिने बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबैलाई चुनावमा सहभागी गराउन पटक पटक मिति सारिएकोमा अब भने निर्वाचन सार्ने कुरा एमालेलाई मान्य नहुने बताउनुभयो ।

असार १४ को निर्वाचन अब नसर्ने उहाँले स्पष्ट पार्नुभयो । स्थानीय तहको संख्या बढाउन पनि एमाले तयार नहुने उहाँले बताउनुभयो ।

दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो दल हुने दाबी गर्दै उहाँले असार १४ पछि सबैले एमालेको वास्तविक तागत देख्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको चुनावमा एमालेले सबै क्षेत्रमा जनजाति, थारु, मुस्लिम, दलित र महिलालाई समाबेशीकरण र समान सहभागिता गराएको दाबी गर्नुभयो ।

25.12¡ÆC